close

इन्टरनेट सेवाप्रदायक सिजी नेटले ल्यायो तीज अफर

टेकपाना टेकपाना

भदौ १५, २०७८ १८:२१

इन्टरनेट सेवाप्रदायक सिजी नेटले ल्यायो तीज अफर

काठमाडौं । इन्टरनेट सेवाको बजारमा आक्रमक योजनासहित आएको सिजी नेटले नयाँ अफर ल्याएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै कम्पनीले ‘सिजी नेट तीजको अफर, आयो बरी लै लै’ नामक अफर घोषणा गरेको हो ।

यो अफर भोलि बुधबारदेखि भदौ ३० गतेसम्म चल्नेछ । अफरमा सहभागी हुन ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्सक्राइब गर्नुपर्ने हुन्छ ।

उक्त अफर सब्सक्राइब गरेबापत लक्की ड्रबाट दैनिक दुई वटा घरायसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्रका साथै ९ जनालाई थप पुरस्कार प्रदान गरिने छ ।

सब्सक्राइब गरिएको प्लान महिलाको नाममा हुनुपर्ने हुन्छ । उक्त अफर सिजी नेटको कभरेज भएका स्थानमा मात्र उपलब्ध हुनेछ ।

सिजी नेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरिसकेको छ । अब थप स्थानमा पनि चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गतकाे सिजी कम्युनिकेशन्स लिमिटेडले सिजी नेटको सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३