close

विद्युत प्राधिकरणमा विभिन्न तहमा कर्मचारी माग, खल्ती वालेटबाट फारम शुल्क बुझाउन सकिने

टेकपाना टेकपाना

भदौ १९, २०७८ १९:२

विद्युत प्राधिकरणमा विभिन्न तहमा कर्मचारी माग, खल्ती वालेटबाट फारम शुल्क बुझाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे फारम शुल्क तिर्न सकिने भएको छ ।

आवेदकहरुले नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् । दरखास्त दिने मिति यही भाद्र १८ देखि असोज ७ सम्म रहेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले असोज १४ गतेसम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् ।

कार्यालयमा धाइरहनु पर्ने वा लाइनमा घण्टौ बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनीकरण गर्ने हेतुले उक्त सेवा सञ्चालनमा ल्याइएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले जानकारी दिएका छन् ।

प्राधिकरणको आधिकारीक वेबसाइटबाट विभिन्न पदका लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३