close

आईफोनमा ७ वर्षसम्म सेक्युरिटी अपडेट दिन माग

टेकपाना टेकपाना

भदौ २२, २०७८ १८:५०

आईफोनमा ७ वर्षसम्म सेक्युरिटी अपडेट दिन माग

काठमाडौं । जर्मन सरकारले युरोपियन युनियनलाई बुझाएको वातावरणीय उत्तरदायित्व सम्बन्धी नयाँ प्रस्तावमा एप्पलले आईफोनको सेक्युरिटी अपडेट कम्तीमा पनि सात वर्षसम्मका लागि दिनुपर्ने उल्लेख गरेको छ ।

जर्मनीको अर्थ मन्त्रालयले बुझाएको उक्त प्रस्तावमा एप्पलले आईफोनका स्पेयर पार्टस् सात वर्षसम्मका लागि सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने समेत उल्लेख गरेको छ ।

योभन्दा अगाडि पनि ईयूले एप्पल र गुगल लगायत स्मार्टफोन निर्माता कम्पनीहरूले फोनको अपडेट र स्पेयर पार्टस् कम्तीमा पनि पाँच वर्षसम्म र ट्याब्लेटको स्पेयर पार्टस् कम्तीमा पनि ६ वर्ष उपलब्ध गराउनुपर्ने गरी सुविधा दिनुपर्ने माग राखेको थियो ।

यो मागको विषयमा केही निर्णय हुन नपाउँदै दुई वर्षको अवधि थप गरेर सात वर्षसम्म अपडेट र स्पेयर पार्टस् उपलब्ध गराउन जर्मन सरकारले माग राखेको छ ।

यद्यपि एप्पल, सामसङ र ह्वावेलाई प्रतिनिधित्व गर्ने औद्योगिक संघ डिजिटल युरोपले भने यो प्रस्ताव आवश्यकताभन्दा बढी भएको टिप्पणी गरेको छ ।

संघले भने सेक्युरिटी अपडेट तीन वर्षसम्म र फङ्सन अपडेट दुईवर्ष सम्मका लागि भने दिन सकिने जनाएका छन् ।

त्यस्तै स्पेयर पार्टसका लागि भने निर्माता कम्पनीले डिस्प्ले र ब्याट्रीमात्र उपलब्ध गराउने डिजिटल युरोपको धारणा छ । किनभने प्राय: फोनमा क्यामेरा, माइक्रोफोन, स्पिकर र कनेक्टरजस्ता सामानहरू विरलै मात्र परिवर्तन गर्नुपर्ने स्थिति हुन्छ ।

हुन त युरोपियन युनियनले नै स्मार्टफोन निर्माता कम्पनीहरूले कसरी काम गर्ने भन्ने विषयमा निर्णय लिएर लागू गराउने भए पनि एप्पलले भने केहि वर्षअगाडि देखि नै यो काम गरिरहेको छ ।

सन् २०१५ मा सार्वजनिक भएको ‘आईफोन ६एस’ मा अहिलेसम्म सफ्टवेयर अपडेट गर्न सकिन्छ । त्यस्तै एप्पलले अमेरिकामा स्पेयर पार्टसको लागि बनेको राइट टु रिपेयर पोलिसी अभ्यास गर्ने संकेत दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५