close

अनावश्यक फलोअर हटाउन ‘सफ्ट ब्लक’ फिचर ल्याउँदै ट्वीटर

टेकपाना टेकपाना

भदौ २४, २०७८ ८:३९

अनावश्यक फलोअर हटाउन ‘सफ्ट ब्लक’ फिचर ल्याउँदै ट्वीटर

काठमाडौं । प्रयोगकर्ताहरूको गोपनीयतालाई ध्यानमा राख्दै ट्विटरले कुनै पनि प्रयोगकर्तालाई ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।

हाल कम्पनीले रिमुभ फलोअर फिचरको वेबमा परीक्षण गरिरहेको छ र यो ‘सफ्ट ब्लक’ फिचर ट्वीटरको आधिकारिक टुलको रुपमा चाँडै नै कार्यन्वयन हुने संकेत देखिएको छ ।

कम्पनीका अनुसार यो नयाँ फिचरसँगै तपाईंले आफ्नो फलोअर लिस्टबाट फलोअर्सलाई हटाउन सक्नुहुन्छ । यो फिचर अन्तर्गत तपाईंले फलोअरको नामको साइडमा देखिने तीनवटा थोप्लामा क्लिक गरेपछि ‘रिमुभ फलोअर’ भन्ने अप्सन हुन्छ ।

त्यहाँ क्लिक गरेर तपाईंले आफ्नो फलोअर्स हटाउन सक्नुहुन्छ । यो फिचर ब्लकिङ सिस्टमभन्दा केही फरक छ । तपाईंले कुनै फलोअरलाई ब्लक गर्नुभयो भने उक्त फलोअरले तपाईंको कुनै पनि गतिविधि हेर्न वा म्यासेज पठाउन सक्दैन ।

तर यो रिमुभ फिचरमा भने तपाईंले रिमुभ गरेका प्रयोगकर्ताको गतिविधहरू तपाईंको टाइमलाइनमा देखापर्दैन र तपाईंको गतिविधि पनि उक्त प्रयोगकर्ताको टाइमलाइनमा देखा पर्दैन ।

योभन्दा अगाडि तपाईंले नरुचाएको व्यक्तिलाई ब्लक नै गर्नुपर्ने थियो । तर अब भने तपाईंले रिमुभ गरेका फलोअरले तपाईंको गतिविधि हेर्न तपाईंलाई पुनस् फलो गर्नुपर्ने हुन्छ र तपाईंले अप्रुभ नगरेसम्म उनीहरूले तपाईंलाई फलो गर्न पाउनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५