काठमाडौं । चीनको सेन्जाउ-१२ मा यात्रा गर्ने अन्तरिक्ष यात्रीले पृथ्वीका केही अद्भूत तस्वीर पठाएका छन् । लो अर्थ अर्बिटमा रहेको तीहाने अन्तरिक्ष स्टेसन मोड्युलको सानो झ्यालबाट ती तस्वीर खिचिएको जनाइएको छ ।
तीहाने अन्तरिक्ष स्टेसनमा हाल तीन जना यात्री छन् । त्यसमध्ये सबैभन्दा पहिलो यात्री गएको जुन १७ मा गएका थिए । उनीहरूल त्यहाँ दुई वटा वाह्य क्रियाकलाप सम्पन्न गरिसकेका छन् ।
यसका साथै विभिन्न परीक्षण समेत भइरहेको छ । तर, चीनले भने भर्खरैमात्र उक्त स्टेसनमा रहेको यात्रीले पठाएको फोटा सार्वजनिक गरेको हो । त्यसमध्ये पहिलो ट्याङ होंङबोले अगस्टमा खिचेको तस्वीर रहेको छ ।
जसमा रातको समयमा पृथ्वीमा बत्ती ढकमक्क बलेको देखिएको छ । उक्त तस्वीरमा नर्थ अमेरिका, इथियोपियन हाइल्याण्ड र इन्डियन ओसियन समेटिएको छ ।
त्यस्तै सेन्जाउका कमाण्डर नाइ हाइसेङले रातको समयमा चीनको बेइजिङ तथा प्यासिफिक ओसियनको फोटो पठाएका छन् ।