close

कामना सेवाले ल्यायो नयाँ डिजिटल वालेट

टेकपाना टेकपाना

असोज १०, २०७८ ९:९

कामना सेवाले ल्यायो नयाँ डिजिटल वालेट

काठमाडौं । कामना सेवा विकास बैंकले केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी उक्त बैंकमा खाता नभएकाले पनि घरमै बसी झन्झटरहित तवरले केएस डिजी खोल्नसक्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको सुरुवात गरे ।

वालेट खोल्न एपमा अनुहार चिन्नसक्ने कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग भएको जनाइएको छ ।

साथै खाता खोल्न, कर्जा आवेदन, मोबाइल क्यासलगायतका बैंकिङ सेवा तथा सुविधा रहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१