close

दशैंमा सस्तोडिलमा सामान किन्दा ८० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज ११, २०७८ ९:५९

दशैंमा सस्तोडिलमा सामान किन्दा ८० प्रतिशतसम्म छुट

काठमाडौं । ईकमर्स कम्पनी सस्तोडिलले दशैंलाई लक्षित गर्दै ‘बिग डिल एट सस्तोडिल’ योजना ल्याएको छ । आइतबारदेखि सुरू भएको यो योजना असोज १५ सम्म सञ्चालन हुनेछ ।

यो महासेल मेलामा मिन्त्रा, साओमी, सामसङ, बाल्ट्रा, वानप्लस, नोकिया, सेन्चुरी, एसबी फर्निचर, फ्लिपकार्ट लगायत थुप्रै ब्राण्डका सामानहरु खरिद गर्दा विशेष छुट पाइने सस्तोडिलले बताएको छ ।

सस्तोडिलले सानिमा बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, मेगा बैंक लिमिटेड, स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड र प्रमुख वालेट पार्टनरमा ईसेवासँग भुक्तानी साझेदारी गरेको छ ।

८० प्रतिशतसम्मको भारी छुट, पाँच हजार ५०० सम्मको तत्काल छुट उपलब्ध हुने डिस्काउन्ट भौचर, ईसेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको तत्काल छुट र बैंकमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम दुई हजार ५०० सम्मको तत्काल छुट उपलब्ध हुने बैंक डिस्काउन्ट भौचरहरु यस क्याम्पियनको प्रमुख विशेषता रहेको सस्तोडिलले जनाएको छ ।

दैनिक उपभोग्य सामान र लाइफ स्टाइल क्याटगोरीका प्रमुख लक्ष्मण गौतमका अनुसार गत वर्षको तुलनामा यो वर्ष ग्राहकहरुलाई धेरै सामानहरुमा भारी मात्रामा छुट उपलब्ध हुनेछन् ।

सस्तोडिलका अनुसार काठमाडौं, चितवन, इटहरी, पोखरा, बुटवल र जनकपुर समेत गरी पूर्वदेखि पश्चिमसम्म १५ हजारभन्दा बढी किराना सामानहरुमा विशेष छुट उपलब्ध हुनेछन् लाइफ स्टाइल सामानहरु जस्तै फिटनेस, फर्निचर, डेकोरेसन, किचेन र डाइनिङ्गसँग सम्बन्धित नयाँ तथा पुराना ब्राण्डहरु र सो ब्राण्डका सामानहरुमा समेत नेपालभरको ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनेछन् ।

ग्राहक सेवा विभागकी प्रमुख सुबिना महर्जनका अनुसार होम डेलिभरी, सामानको गुणस्तर, मूल्य र रिटर्न तथा रिफण्डमा सहजै सेवा उपलब्ध हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१