close

विशाल र केशवले पाए दोब्बर रकम

टेकपाना टेकपाना

असोज १२, २०७८ ७:५२

विशाल र केशवले पाए दोब्बर रकम

काठमाडौं । आईएमई समूहले सञ्चालन गरेको ‘आईएमई डबलको डबलको डबल’ योजनामा पहिलो साताको दुई विजेता सार्वजनिक गरेको छ ।

लक्की ड्रमार्फत छानिएका दुई विजेतामा केशन दमाई र विशाल अधिकारी छन् । उनीहरूले क्रमश: यूएई र कतारबाट नेपालमा रकम पठाएका थिए ।

आईएमईले विजेताका परिवारलाई क्रमश: ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ रकम उपहार प्रदान गर्ने जनाएको छ ।

यो योजना असोज १ देखि कात्तिक २६ सम्म लागू हुने आईएमई ग्रुपले जानकारी दिएको छ ।

यो योजनाअनुसार विदेशबाट पठाएको रकम आईएमईका एजेन्ट र आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा डबल पाइनेछ ।

योजनाअनुसार हरेक साता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जनाले डबलको डबल र बम्परमा एक जनाले डबलको डबलको डबलसम्म रकम पुरस्कारस्वरूप पाउने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१