close

नियो स्टोर र आईएमई पेको सहकार्यमा दशैं विशेष अफर

टेकपाना टेकपाना

असोज १३, २०७८ १८:४६

नियो स्टोर र आईएमई पेको सहकार्यमा दशैं विशेष अफर

काठमाडौं । नियो स्टोर र आईएमई पेको सहकार्यमा दशैं विशेष अफर ‘नियोको धमाका, गिफ्ट पनि डिस्काउन्ट पनि’ घाेषणा भएकाे छ । याे अफरअन्तर्गत नियो स्टोरबाट सामान खरिदमा आईएमई पेको प्रयोग गर्दा ग्राहकले विभिन्न उपहार तथा छुट प्राप्त गर्नेछन् ।

आजबाट सुरु भएको यो अफर कात्तिक २० गतेसम्म लागू हुनेछ । अफरअन्तर्गत ग्राहकले नियो स्टोरको अनलाइनबाट लजिटेक, र्‍यापू, रिको, आइडिया कार्ड, जेनहाइजर लगायतका ब्राण्डका सामानहरू खरिद गर्दा आईएमई पेबाट पेमेन्ट प्रयाेग गर्नुपर्नेछ, जसमा ३५ प्रतिशतसम्मको छुट पाउन सकिन्छ ।

अफर अवधिभित्र एकजना भाग्यशाली ग्राहकले आईलाइफ जेड एयर एचएसको १४ इन्चको ल्यापटप र स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

अफरअन्तर्गत लजिटेक, र्‍यापू र जेनहाइजरको उत्पादनमा १५ प्रतिशत छुट, रिको र आइडियाका उत्पादनहरूमा २० प्रतिशत छुट र अन्य एक्सक्लुसिभ उत्पादनहरू खरिद गर्दा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी वानप्लस स्मार्टफोनको खरिद गर्दा प्रत्येक फोनमा हाईफ्युचर इयरबड्स ‘टाइडिबड्स’ सित्तैमा प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१