काठमाडौं । एप्पलले एप स्टोरमा उपलब्ध आफ्ना एपहरूमा समेत रेटिङ गर्न सकिने सुविधा ल्याउने भएको छ ।
एप स्टोरमा उपलब्ध थर्ड पार्टी एपलाई प्रयोगकर्ताले रेटिङ गर्न सक्ने सुविधा भए पनि एप्पलको एपलाई भने प्रयोगकर्ताले रेटिङ गर्न पाउदैनन् ।तर, अब भने एप्पलले एप स्टोरमा रहेका आफ्ना सफ्टवेयर तथा एपहरूको रेटिङ र रिभ्यु गर्ने फिचर उपलब्ध गराएको अन्तराष्ट्रिय सञ्चार माध्यममहरूले बताएका छन् ।
आफ्नो एपमा रेटिङ गर्ने सुविधा सुरु गरेको भए पनि एप्पलका एपलाई प्रयोगकर्ताले राम्रो रेटिङ दिएको भने पाइन्न ।
एप्पलको पड्कास्ट क्लाइन्टको रेटिङ २ मात्रै छ । एप्पल न्युजको रेटिङ २.३ स्टार छ । एप स्टोरमा एप्पलका एपलाई रेटिङ खुला गरेसँगै आईफोन प्रयोगकर्ताले एप्पलका प्रोडक्टलाई राम्रो रेटिङ दिने अपेक्षा गरिएको छ ।
प्रयोगकर्ताबाट आएको समीक्षाका आधारमा सेवा सुधारको लागि यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ ।