काठमाडौं । इन्स्टाग्रामले आफ्नो भिडिओ फिचर आईजीटिभी बन्द गर्ने घोषणा गरेको छ । आईजीटिभीलाई ‘इन्स्टाग्राम टिभी’ को रुपमा रिब्रान्डिङ गर्ने उदेश्यले भिडिओको लागि नयाँ फर्म्याट सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार आईजीटिभि एप अब इन्स्टाग्राम टिभी एपको नामले चिनिनेछ । यो सँगै प्रयोगकर्ताले इन्स्टाग्रामको फिडमा ६० मिनेट सम्मको भिडिओ पोस्ट गर्न सक्छन् । भने, उक्त भिडिओ हेर्नको लागि मेन एपबाट भिडिओमा जानुपर्ने झन्झट पनि अन्त्य भएको छ ।
इन्स्टाग्रामले आईजीटिभी सन् २०१८ को जुन महिना देखि सुरु गरेको थियो । त्यसको केहि समय पश्चात टिकटक अमेरिका सुरु भयो । त्यसले आईजीटिभीको माग घट्दै गयो। त्यसपछि इन्स्टाग्रामले आफ्नो भिडिओ फिचरलाई थप परिमार्जन गर्नेगरि काम गरिरहेको थियो ।