close

साढे ८ खर्ब लगानीमा जापानमा चिप प्लान्ट निर्माण गर्दै टीएसएमसी र सोनी

टेकपाना टेकपाना

असोज २३, २०७८ १२:४१

साढे ८ खर्ब लगानीमा जापानमा चिप प्लान्ट निर्माण गर्दै टीएसएमसी र सोनी

काठमाडौं । चिप अभावले यतिबेला विश्व आतंकित छ । विशेषगरी इलेक्ट्रिक कार निर्माता तथा इलेक्ट्रोनिक्स डिभाइस निर्माताले चिपको ठूलो अभाव खेपिरहेका छन् । यस्तोमा विभिन्न देश तथा कम्पनीले चिप उत्पादनमा ठूलो लगानी गरिरहेका छन् ।

यसैबीच ताइवानको टीएसएमसी र जापानको सोनी ग्रुपले संयुक्तरुपमा ७ अर्ब डलर (८ खर्ब ४० अर्ब रूपैयाँ बढी) लगानीमा जापानमा चिप निर्माणका लागि प्लान्ट खडा गर्ने भएका छन् ।

त्यसका लागि जापान सरकारले पनि सहयोग गर्ने जनाइएको छ ।

उक्त प्लान्टमार्फत अटोमोबाइल, क्यामेरा इमेज सेन्सर र स्मार्टफोन तथा स्मार्ट डिभाइसका लागि आवश्यक पर्ने चिप निर्माण गरिने जनाइएको छ । प्राप्त जानकारीअनुसार उक्त प्लान्ट सन् २०२४ सम्म सञ्चालनमा आउने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१