close

अनुसन्धानकर्ताले विकास गरे आँखाको रोग पत्ता लगाउन सक्ने एआई प्रविधि

टेकपाना टेकपाना

असोज २५, २०७८ १४:२६

अनुसन्धानकर्ताले विकास गरे आँखाको रोग पत्ता लगाउन सक्ने एआई प्रविधि

काठमाडौं । अष्ट्रेलिया, अमेरिका र चीनका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको समूहले आखाँको रोग पत्ता लगाउन सक्ने एआई (आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृतिम बौद्धिकता सम्बन्धि) प्रणालीको विकास गरेको छ । मोनाश विश्वविद्यालय, सन यात-सेन विश्वविद्यालय, बेइजिङ इगलभिजन टेक्नोलोजी, बेइजिङ टनग्रेन आई सेन्टर, क्यापिटल मेडिकल विश्वविद्यालय र मायामी मिलर स्कुलका अनुसन्धानकर्ताहरू मिलेर ‘कम्प्रिहेन्सिभ एआई रेटिनल एक्सपर्ट’ अर्थात केयर सिस्टमको विकास गरेका हुन् ।

अनुसन्धानकर्ताहरूका अनुसार ‘केयर सिस्टम फन्डस फोटोग्राफी’ को उपयोग गरी डिप लर्निङको संयोजनमा विकसित गरिएको हो । जसलाई रेटिना रोगको ‘केस स्टडी’ गरेर डेटा उपयोग गर्न प्रशिक्षित गरिएको छ ।

रेटिनाको रोग पत्ता लगाउन आखाँको भित्री भागको फोटो खिच्ने एक प्रकारको प्रकृया नै ‘फन्डस फोटोग्राफी’ हो । यो केयर सिस्टमले करिब १४ ओटा सामान्य रेटिनासँग सम्बन्धित रोगहरू पत्ता लगाउन सक्छ ।

केयर सिस्टमले करिब १६ आखा विशेषज्ञहरूले गर्ने जति काम गर्नसक्ने अनुसन्धानकर्ताहरूको भनाई रहेको छ । थुप्रै आन्तरिक र बाह्य परीक्षण पश्चात अब यो सिस्टम ठूलो दायरामा परीक्षण गर्नका लागि तयार भएको बताइएको छ । सुरुवाती समयमा केयरको व्यावसायिक सुरुवात चीनबाट हुने र आउने दिनमा एसिया प्यासिफिक क्षेत्रमा हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१