काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ । टेलिकमले चार वर्षदेखि नेपाल सरकारका विभिन्न वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।
सरकारी सूचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरिएको हाे । हालसम्म ६ सयभन्दा बढी वेबसाइट यसमा जोडिएका छन् ।
सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ (.gov.np) डोमेनमा रहेका वेबसाइटलाई जीएसएम मोबाइल नेटवर्कमार्फत निःशुल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।
टेलिकमले हालसम्म निःशुल्क हेर्न सकिने व्यवस्था गरेका सरकारी वेबसाइटहरु यस्ता छन्ः