close

एप्पल म्यापकी प्रोग्राम म्यानेजर जागिरबाट बर्खास्त

टेकपाना टेकपाना

असोज ३१, २०७८ १२:१३

एप्पल म्यापकी प्रोग्राम म्यानेजर जागिरबाट बर्खास्त

काठमाडौं । गएको केही समयमा विवाद नै विवादको सामना गरिरहेको कम्पनी एप्पलले ह्याशट्याग एप्पल टु (#AppleToo) आन्दोलनकी अभियन्ता एवं एप्पल म्यापकी प्रोग्राम म्यानेजर जेनेक प्यारिशलाई जागिरबाट निकालेको छ ।

कम्पनीको आन्तरिक अनुसन्धानको क्रममा प्यारिशले आफ्नो कामका फाइलहरू डिभाइसहरूबाट मेटाएर कम्पनीको नियम उल्लंघन गरेको आरोपमा एप्पलले उनलाई जागिरबाट निकाला गरेको हो ।

रोबिनहुड, पोकिमन गो र गुगल ड्राइभ लगायतका फाइलहरू उनले आफ्नो डिभाइसबाट हटाएका थिए । यद्यपि केही कर्मचारीहरूले भने कम्पनीले अन्य कुनै कारणभन्दा पनि आन्दोलनको नेतृत्व गरेको कारण उनलाई हटाएको बताएका छन् ।

केही महिनायता कम्पनीले आफ्नो संस्थाभित्रको कुरा बाहिर ल्याएको भन्दै कर्मचारीलाई निकालेको यो दोस्राे पटक हो । योभन्दा अगाडि सेप्टेम्बरमा पनि कम्पनीले आश्ले जोभिक नामका कर्मचारीलाई संवेदनशील सूचना बाहिर ल्याएको भन्दै कामबाट निकालेको थियो ।

कम्पनीको वर्किङ कल्चर अर्थात् काम गर्ने र गराउनले शैलीप्रति असन्तुष्ट व्यक्त गर्दै एप्पलका कर्मचारीहरूले #AppleToo (ह्यासट्याग एप्पलटु) अभियानको सुरुवात अगस्ट महिनामा सुरु गरेका थिए ।

यस अभियानअन्तर्गत खुलेको वेबसाइटमा एप्पलका सम्पूर्ण शाखाका कामदारहरूले आफ्नो कार्यस्थलमा भोगेका यातनाका कथाहरू सब्मिट गर्छन् र अभियानका नेताहरूले ती कथाहरूलाई शेयर गरिदिन्छन् । यस विषयमा एप्पलले भने कुनै आधिकारिक धारणा भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२