close

ट्विटरमा सबैलाई उपलब्ध भयो क्लबहाउसको जस्तै फिचर

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ १४:०

ट्विटरमा सबैलाई उपलब्ध भयो क्लबहाउसको जस्तै फिचर

काठमाडौं । अडियो सामाजिक सञ्जाल क्लबहाउसको जस्तै फिचर ट्विटवरले २०२० को नोभेम्बरमा परीक्षणको रूपमा सुरु गरेको थियो । ‘स्पेश’ नाम दिइएको यो फिचर ट्विटरले ६ सय वा सोभन्दा बढी फलोअर भएका प्रयोगकर्तालाई मात्रै उपलब्ध गराउँदै आएको थियो ।

स्पेश फिचर सुरु भएको करिब एक वर्षपछि ट्विटरका सबै प्रयोगकर्ताले यसलाई प्रयोग गर्न पाउने भएका छन् । अब ट्विटरका सबै प्रयोगकर्ताले आफ्नो स्पेश होस्ट गरी अरूसँग अडियो संवाद गर्न पाउने भएका छन् । ट्विटरले यो वर्षको अप्रिलमा सबै प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउने बताएको भए पनि ढिला गरी सबैमाझ फिचर खुला गरेको हो । 

एन्ड्रोइड र आइअाेएस दुवैमा ट्विटर प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा पाउनेछन् । ट्विटरको स्पेश टिमले ट्विट गर्दै यो फिचर सबैलाई उपलब्ध भएको जानकारी गराएको हो । 

स्थापना भएको छोटो अवधिमै क्लबहाउस लोकप्रिय भएपछि ट्विटरले कम्पनीलाई किन्ने प्रस्ताव राखेको थियो । तर, क्लबहाउस किन्ने योजना असफल भएपछि ट्विटरले आफ्नै प्लेटफर्ममा क्लबहाउसकै जस्तै फिचर सुरु गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१