काठमाडौं । एडोबीले फोटोशप र इलुष्ट्रेटरको सजिलो भर्सनलाई वेबमा पनि उपलब्ध गराउने भएको छ । जसले गर्दा प्रयोगकर्ताले वेबमै फाइलको आदानप्रदान र सामान्य सम्पादन गर्न सक्नेछन् ।
वेबमा उपलब्ध भर्सन सामान्य खालको मात्रै हुने एडोबीले जनाएको छ । वेबमा उपलब्ध हुने भर्सनमा सामान्य सम्पादन गर्न, कमेन्ट गर्न, लेयरहरु बनाउन मिल्ने कम्पनीले जनाएको छ । यसका साथै, ब्रस, इरेजरजस्ता टुलहरु समेत उपलब्ध हुनेछन् ।
वेबमा बनाइएको फोटोशप वा इलुष्ट्रेटरको फाइल अरुलाई शेयर गर्न पनि मिल्नेछ ।
फोटोशपलाई वेब भर्सनमा प्रयोग गर्नको लागि कम्पनीको क्रियटिभ क्लाउड सर्भिस प्रयोग गर्नुपर्नेछ ।
फोटोशपमा पनि केही परिवर्तन गरिएको कम्पनीले जनाएको छ । फोटोशपमा सेलेक्ट अप्सनलाई थप शक्तिशाली पारिएको कम्पनीले जनाएको छ ।