close

२५ कात्तिकमा ‘दराज ११.११ सेल’, ११ लाख उत्पादनमा ५ करोडको छुट

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ १८:१२

२५ कात्तिकमा ‘दराज ११.११ सेल’, ११ लाख उत्पादनमा ५ करोडको छुट

काठमाडौं । नेपालसहित विश्वका विभिन्न देशमा वर्षेनि अनलाइन शपिङ फेस्टिभल ११.११ मनाउने गरिन्छ । नेपालमा पनि दराज अनलाइन मार्केटप्लसले ११ लाख उत्पादनमा पाँच करोडको छुटसहित ११. ११ को चौथो संस्करण सञ्चालन गर्ने भएको छ ।

आउँदो नोभेम्बर ११ अर्थात् कार्तिक २५ मा हुने सो महोत्सवका लागि दराजले तयारी पुरा भएको जानकारी दिएको छ ।

यसका लागि दराजले आफ्ना डेलिभरी पार्टनरसँग मिली १,४०० भन्दा बढी नयाँ कर्मचारी, कस्टमर केयर एजेन्ट र एक हजार ‘डेलिभरी हिरोज’ नियुक्त गरेको जनाएको छ ।

यस वर्षको ११.११ मा ११ लाख भन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने योजना कम्पनीको छ ।

दराजले देशभरका ४७ भन्दा बढी सहरमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नका लागि एक हजारभन्दा बढी डेलिभरी सवारीसाधन थप गर्नुका साथै सात लजिस्टिक पार्टनरसँग साझेदारी गरेकाे जनाएको छ ।

दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले वर्षको सबैभन्दा ठूलो बिक्री अभियानको लागि पूर्ण रूपमा तयार रहेको बताए ।

‘हाम्रा स्रोतहरू अब पूर्णरूपमा निपुण छन् र हामी ११.११ को समयमा निर्वाध ग्राहक र बिक्रेता अनुभव प्रदान गर्न पुरा रुपमा तयार छौं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१