close

कुकुरको साथमा अनलाइन डेटिङ प्रोफाइल राख्ने पुरुषलाई बढी रुचाउँछन् महिला !

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ २१:२०

कुकुरको साथमा अनलाइन डेटिङ प्रोफाइल राख्ने पुरुषलाई बढी रुचाउँछन् महिला !

काठमाडौं । पछिल्लो समय अनलाइनमा चिनजान गरी सम्बन्ध अघि बढाउने क्रम बढ्दो छ । जसका लागि विभिन्न सामाजिक सञ्जालका साथै डेटिङ एपहरू प्रचलित छन् । यसरी अनलाइनबाट सम्बन्ध बनाउन चाहने व्यक्तिको सम्बन्धको प्रकार अनुरूप प्रोफाइल बनाउन सकिन्छ ।

सम्बन्धलाई राम्रो र दिगो बनाउन डेटिङ एपहरूले फिल्टर गरिएका तस्वीर राख्न नमिल्ने अडान राखिरहेका छन् । जसले गर्दा प्रोफाइलहरूमा फिल्टर गरिएका तस्वीरहरूलाई अनुमति दिइदैन । त्यसैले अनलाइन डेटिङ गर्न चाहनेहरूले वास्तविक फोटो उपलब्ध गराउँछन् ।

२०२० को जुलाई र अगस्टमा नोभा स्कोटियामा अनलाइनमा दीर्घकालिक र छोटो अवधिका लागि सम्बन्ध बनाउन खोज्ने २५० महिला र २५० पुरुषहरूमा एउटा अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा छोटो अवधिका लागि सम्बन्ध बनाउन चाहने महिलाहरू ४६ जना मात्र भएकाले उनीहरूलाई समावेश गरिएको छैन ।

एक दशक पहिले मारियान एल फिसर र उनका विद्यार्थीहरूको समूहले महिला र पुरुषले खोजिरहेका सम्बन्धका बारेमा ३०० अनलाइन डेटिङ प्रोफाइलका तस्वीरको विश्लेषण गरेको थियो । जसमा महिलाहरू उनीहरूले खोजेको सम्बन्धको प्रवाह नगरी पुरुषहरू भन्दा बढी मुस्कुराएका थिए ।

साथै उनीहरूले छोटा लुगा लगाएका थिए । जसमा पुरुषहरू खैरो कपाल भएका र आफूलाई अग्लो र फराकिलो छाती भएको देखाउन माथितिर फर्केको क्यामेरा एङ्गलको प्रयोग गर्ने, मांशपेशीहरू दोब्राउने र बाहिरी सेटिङको प्रयोग गर्ने गरेको पाइएको थियो ।

स्थायी सम्बन्ध खोज्ने पुरुषहरूले तुलनात्मक रुपमा चश्माको प्रयोग गर्ने गरेको पाइएको थियो । छोटो समयका लागि र यौन सम्बन्धका लागि मात्र सम्बन्ध बनाउने व्यक्तिहरूले आफ्नो प्रोफाइलमा कम मात्रामा अन्य व्यक्तिको फोटो समावेश गर्ने गरेको पाइएको थियो ।

स्थायी सम्बन्ध बनाउन चाहने पुरुषहरूले प्रायः कुकुरसँग खिचिएको फोटोलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । बिरालोसँग धेरै देखिने पुरुषलाई चारित्रिक रुपमा स्त्रीसँग तुलना गरिने भएकाले यस्तो भएको हुनसक्ने अनुसन्धानकर्ताको अनुमान रहेको छ ।

बिरालोहरूसँग फोटो खिचाउने पुरुषलाई महिलाहरूले अधिक न्युरोटिक र कम वाञ्छनीय ठान्ने गरेको पाइएको छ । यसर्थ अनलाइन डेटिङ प्रोफाइलको लागि तस्वीर चयन गर्ने निर्णय गर्दा शारीरिक बनावट बाहेकका कुराहरूमा समेत ध्यान दिनु फाइदाजनक हुन्छ ।

प्रोफाइलमा डेटिङ गर्न चाहने व्यक्ति समावेश भएका फोटो तथा गतिविधिका माध्यमबाट उनीहरूको जीवनशैली बुझ्न सजिलो हुने अनुसन्धानले देखाएको छ । अनलाइन डेटिङ एप टिन्डरमा धेरैजसो महिलाहरू महँगा गाडीहरूसँगको फोटो राख्ने पुरुषहरूसँग टाढिने गरेको छन् ।

यसर्थ महिलाहरू आफूलाई धनी र पावरफूल देखाउन चाहने पुरुषहरूप्रति कम आकर्षित हुने गरेको अनुसन्धानले देखाएको छ । कुकुरको साथमा देखिने पुरुष फरक, भरपर्दो, जिम्मेवार र सुरक्षित महशुस गराउने हुँदा यस्ता प्रोफाइल भएका पुरुषहरू प्रति महिलाको आकर्षण धेरै देखिएको हो ।

यस्ता पुरुषहरूलाई घमण्ड नगर्ने र दयालु स्वभाव भएका रुपमा महिलाले चित्रण गर्ने गरेको पाइन्छ । यसर्थ पुरुषहरूका लागि ज्यादा शारीरिक बनावट र सम्पति प्रदर्शन गर्नुभन्दा कुकुर पाल्नु बुद्धिमानी हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१