काठमाडौं । माइक्रोसफ्टले विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि जित्नु एक दिनअघि टेस्लाको शेयर वृद्धिको कारण एक दिनमा एलन मस्कको कमाई १० अर्ब डलरले बढेपछि ३०० अर्ब डलरको नेटवर्थ थ्रेसहोल्ड पार गर्ने उनी विश्वको पहिलो व्यक्ति बनेका छन् ।
बिहीवार मस्कको व्यक्तिगत सम्प्ति ३०२ अर्ब अमेरिकी डलर नाघेको छ । कार रेन्टल कम्पनी हर्जसँगको डिलपछि टेस्ला कम्पनीको शेयर मूल्य बढेको थियो, जसले गर्दा मस्कको पनि कमाइ बढेको हो ।
योसँगै मस्कको कमाइ विश्वकै दोस्रो धनी व्यक्ति अमेजनका संस्थामक जेफ बेजोसको भन्दा १०० अर्ब डलर बढी भएको छ ।
मस्कको कमाइ अब इजिप्ट, पोर्जुगल, चेक रिपब्लिक, ग्रिस, कतार र फिनल्यान्ड जस्ता देशको वार्षिक कुल ग्राहस्थ उत्पादनभन्दा धेरै भएको छ । उनको व्यक्तिगत नाफा नै उनी आफैं सहसंस्थापक भएको कम्पनी पेपालको बजार मूल्यभन्दा बढी भएको छ ।
यसैबीच शुक्रबार माइक्रोसफ्ट विश्वै धेरै शेयर मूल्य भएको कम्पनी बन्न सफल भएको छ । विश्व बजारमा एप्पलको शेयर घटेपछि माइक्रोसफ्टको शेयर मूल्य १.१ प्रतिशतले बढेको हो ।