close

ट्वीटरमा मत सर्वेक्षणपछि एलन मस्कले बेचे १.१ अर्ब डलरकाे शेयर

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १२:७

ट्वीटरमा मत सर्वेक्षणपछि एलन मस्कले बेचे १.१ अर्ब डलरकाे शेयर

काठमाडौं । टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कले सोमबार १.१ बिलियन डलर अर्थात करिब एक खर्ब ३१ अर्ब रूपैयाँ बराबरको शेयर बिक्री गरेका छन् ।

अघिल्लो सातामात्रै कम्पनीको १० प्रतिशत शेयर बिक्री गर्ने योजना बनाएका उनले सोमबार ठूलाे मात्रा शेयर बिक्री गरेका हुन् । अमेरिकी बजार नियामक (एसईसी) का अनुसार उनले कुल नाै लाख ३० हजार कित्ता शेयर बिक्री गरेका छन् ।

यो विषयमा गएको शनिबार मस्कले ट्वीटरमा टेस्लाको १० प्रतिशत शेयर बिक्री गर्दा हुन्छ/हुँदैन भनेर सर्वेक्षण गरेका थिए । ३५ लाखभन्दा बढी सहभागी भएको उक्त सर्वेक्षणमा ५७.९ प्रतिशतले बिक्री गर्नेमा भोट गरेका थिए ।

त्यो सँगै सोमबार टेस्लाको शेयरमा ठूलो गिरावट आएको थियो । ७.२ प्रतिशत बजार घटेपनि उनले भने बजार खुल्ने बित्तीकै शेयर बिक्री गरेको जनाइएको छ ।

एकै पटक ठूलो संख्यामा शेयर बिक्री भएसँगै कम्पनीको शेयर माग तथा आपूर्ति असन्तुलन हुँदा थप बजार बिग्रिएको जनाइएको छ ।

तर, उनले आफ्नो शेयर बिक्री ट्वीटर पोलको रिजल्ट आउनुभन्दा अघिबाटै सुरु गरिसकेको एसईसीले बुधबार जारी गरेको डकुमेन्टले देखाएको छ । जसअनुसार उनले सेप्टम्बर १४ बाटै आफ्नो शेयर बिक्री गरिरहेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१