close

अमेरिकाले कालोसूचीमा राखेपछि पेगासस सफ्टवेयर निर्माता कम्पनीका सिईओले दिए राजीनामा

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १३:८

अमेरिकाले कालोसूचीमा राखेपछि पेगासस सफ्टवेयर निर्माता कम्पनीका सिईओले दिए राजीनामा

काठमाडौं । पेगासस सफ्टवेयर निर्माता इजरायली कम्पनी एनएसओ ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सिईओ) आइज्याक बेनबेनिस्टकले राजीनामा दिएका छन् । अमेरिकाको वाणिज्य मन्त्रालयले एनएसओ ग्रुपको व्यवसायमा प्रतिबन्ध लगाएसँगै उनले राजीनामा दिएका हुन् ।

अमेरिकाले व्यवसायमा प्रतिबन्ध लगाएसँगै आफ्नो रणनीति अनुसार कम्पनीका लागि काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएको जनाइएको छ । आइज्याकले यही अगस्टबाट मात्रै उक्त कम्पनीको नेतृत्व सम्हालेको थिए ।

त्यसअघि कम्पनीको सिईओको रूपमा कम्पनीका सह-संस्थापक शालेभ हुलियो थिए । हुलियोले कम्पनीको उपनिर्देशकको जिम्मा लिएसँगै उनी आइज्याक तीन महिनाअघिमात्रै कम्पनीको सिइओ नियुक्त भएका थिए । 

आइज्याकले राजीनामा दिएसँगै हुलियोले हालका लागि सीईओको भूमिका निर्वाह गर्ने जनाइएको छ । ‘कम्पनीको निरन्तरताको लागि हुलियो नै तत्कालको लागि सीईओको रूपमा रहनेछन्, ‘कम्पनीका प्रवक्ताले भनेका छन्, ‘आवश्यक अनुसार भोलिका दिनमा नयाँ निर्णय हुन सक्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२