काठमाडौं । ताइवानको प्रतिष्ठित चिप निर्माता कम्पनी मिडियाटेकले आफ्नो फ्ल्यागशिप प्रोसेसर मिडियाटेक डाइमेन्सिटी ९००० सार्वजनिक गरेको छ । कम्पनीले क्वालकम स्न्यापड्रागन ८८८ प्लस र आउँदो स्न्यापड्रागन ८९८ को प्रतिस्पर्धीको रुपमा आफ्नो शक्तिशाली चिपसेट विश्व बजारमा ल्याएको हो ।
कम्पनीको दाबी अनुसार यो ४ एनएम प्रोसेसरका लागि बनाइएको विश्वकै पहिलो चिपसेट हो । जसमा छ गिगाहर्ज तथा फाइभजी नेटवर्कमा सात जीबीपीएसको डाउनलोड स्पिड उपलब्ध गराउन सक्छ । यसमा ब्लुटुथ ५.३ को सपोर्ट रहेको छ ।
कम्पनीका अनुसार मिडियाटेक डाइमेन्सिटी ९००० विश्वकै पहिलो यस्तो चिपसेट हुनेछ, जसले ३२० मेगापिक्सेल क्यामेरा सेन्सरलाई सपोर्ट गर्न सक्छ । यसको स्पिड ३.०५ गिगाहर्ज रहेको छ । साथै यसले एलपीडीडीआर५एक्स ७५०० एमबीपीएसमा समेत सपोर्ट गर्दछ ।
यो प्रोसेसर भएको स्मार्टफोन आउँदो वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुनेछन् । यो नयाँ चिपसेटको अर्को विशेषता भनेको पुरानो भर्सनको तुलनामा यसले धेरै ब्याट्री ब्याकअप प्रदान गर्नेछ ।
यसबाहेक प्रयोगकर्ताले मोबाइलमा एचडीआर भिडिओ समेत रेकर्ड गर्न पाउनेछन् । मिडियाटेक डाइमेन्सिटी ९००० प्रोसेसरले गर्दा प्रयोगकर्ताको फोनमा १८० हर्ज रिफ्रेश भएको डिस्प्ले पाउन सम्भव हुनेछ ।
साथै यो प्रोसेसरले ब्लुटुथ, वाई-फाई, जीपीएस र स्टेरियो स्टुडियो जस्ता फिचरलाई समेत साथ दिन सक्छ । मिडियाटेकले केही समय अघि फिलोजिक १३० तथा फिलोजिक १३० ए प्रोसेसर सार्वजनिक गरेको थियो ।
यी दुवै चिपसेटलाई विशेषगरी इन्टरनेट अफ थिङ्स (आईओटी) का लागि तयार गरिएको हो । यी दुवै चिपसेटले माइक्रोप्रोसेसर, आर्टिफिसियल इन्टेलिजेन्स इन्जन, ब्लुटुथ ५.२ तथा वाई-फाई सिक्सलाई समेत सपोर्ट गर्नेछन् ।
Today MediaTek launched its latest flagship SoC, the Dimensity 9000. This chipset, built on TSMC's 4nm technology, will leverage Arm GPU and CPU configurations to power the next generation of 5G-enabled smartphones. #MediaTekSummithttps://t.co/gdh3FJtFY3pic.twitter.com/dsySAxWEBW