close

साओमीले हरेक वर्ष ३ लाख विद्युतीय कार निर्माण गर्ने

टेकपाना टेकपाना

मंसिर १२, २०७८ ८:३०

साओमीले हरेक वर्ष ३ लाख विद्युतीय कार निर्माण गर्ने

काठमाडौं । साओमीले गत मार्चमा आफूले विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको थियो । तर यसबारे उसले धेरै जानकारी दिएको थिएन ।हालै साओमीको विद्युतीय कार उत्पादन गर्ने प्लान्ट (कारखाना) बारे एक खबर बाहिरिएको छ ।

रोयटर्सले प्रकाशित एक समाचार अनुसार साओमीले हरेक वर्ष तीन लाख कार उत्पादन गर्ने क्षमताको इभी कारखाना बनाउनेछ । यो प्लान्ट दुई चरणमा निर्माण गरिने र सन् २०२४ देखि कारको मास प्रडक्सन सुरू हुने जनाइएको छ ।

कम्पनीले यसको इभी हेडक्वार्टरका साथै रिसर्च र सेल्स डिभिजनसमेत बनाउनेछ । साओमीले कार बेच्न आफ्नो रिटेल स्टोर प्रयोग गर्ने योजना ल्याएको छ ।

यद्यपि साओमीका कारसँग सम्बन्धित थुप्रै विवरण आउन बाँकी नै छन् । विशेषगरी यसको सुरूवाती मोडल र अन्तर्राष्टिय विस्तारबारे अझै कुनै खबर बाहिरिएको छैन ।

प्रविधि क्षेत्रको एक सफल ब्राण्डको रूपमा स्थापित भइसकेको साओमीले विद्युतीय गाडीका लागि १० वर्षभित्र १० अर्ब डलर बराबरको लगानी गर्ने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२