close

नेपाल भित्रियो सेफ स्क्यानका नोट गन्ने मसिन

टेकपाना टेकपाना

मंसिर १२, २०७८ २०:४०

नेपाल भित्रियो सेफ स्क्यानका नोट गन्ने मसिन

काठमाडौं । सेफ स्क्यान नेदरल्यान्डको बैंक नोट काउन्टर नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक विक्रेता नागमणी ईन्टरनेशनलले  तीन वटा नोट काउन्टर मसिन बजारमा ल्याएको हो । सेफस्क्यान मोडेल २०००, मोडेल २२१० र मोडेल २६१० नेपाली बजारमा उपलब्ध हुने नागमणी ईन्टरनेशनलले जानकारी दिएको छ ।

सेफ स्क्यानका मनि काउन्टरको प्रयोग गरी नोटको तौल, नोटमा भएका कमजोरी पत्ता लगाउन सकिने कम्पनीले जनाएको छ । मोडेल २०००० ले प्रतिमिनेट ६०० सम्म नोट गन्न सक्छ । यो काउन्टर चलाउनका लागि सजिलो र पोर्टेवल छ । यसले सबै किसिमका नोट गन्न सक्छ ।

यसैगरी, मोडल २२१० ले एक हजार नोट प्रतिमिनेट गन्न सक्छ । यसमा भएको सफ्टवेयरले युभी (अल्ट्रा भ्वाइलेट) र आकारका आधारमा नोट गन्न सक्छ । यसले च्यातिएका र खुम्चिएका नोटहरू पत्ता लगाउने कम्पनीले जनाएको छ ।

मोडेल २६१० ले प्रति मिनेट १५ सय नोट कम्पनीले जनाएको छ । यसको स्पिड आवश्यकता अनुसार घटाउन र बढाउन सकिने बताइएको छ ।तीनै मोडलले शंकास्पद र अस्वभाविक आकारको नोट भएमा जानकारी दिनेछ ।

चार सय ग्रामको सेफ स्क्यान २००० पोर्टेबल नोट काउन्टरको बजार मूल्य २५ हजार छ सय २५ रहेको छ । त्यसैगरी, सेफस्क्यानका मोडेल २२१० र २६१० को बजार मूल्य क्रमशः ५७ हजार पाँच सय र ८३ हजार सात सय ५० छ । यी प्रोडक्टहरू नोभेम्बर २८ बाट कम्प्युटर स्टोर र नागमणी को अनलाइन पोर्टलमा उपलब्ध हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२