काठमाडौं । फेसबुक म्यासेन्जरमा बिल स्प्लिट गर्ने फिचर सुरु हुने भएको छ । आगामी सातादेखि अमेरिकाका सीमित प्रयोगकर्तामाझ परीक्षण सुरु गरिने केही समयपछि सबै प्रयोगकर्ताले उपयोग गर्न पाउने छन् ।
कुनै रेष्टुरेन्टको बिल तिर्दा वा अन्य अवस्थामा एकभन्दा बढी व्यक्तिले बिल तिर्नका लागि यो फिचर उपयोगी हुनेछ । यो फिचर सुरु भएपछि कुनै तिर्नुपर्ने बिलको रकम तिर्न साथीलाई आग्रह गर्न सकिन्छ भने साथीले बिल तिरेको वा नतिरेको जाँच पनि गर्न सकिनेछ ।
योसहित म्यासेन्जर र इन्स्टाग्रामको भिडियो कलमा ग्रुप इफेक्ट पनि सुरु भएको छ । यो फिचरले एउटै भिडियो कलमा भएका फरक फरक व्यक्तिले एकै खालको अगुमेन्टेड रियालिटीको अनुभव गर्न पाउनेछन् ।