काठमाडौं । माइक्रोसफ्टले विण्डाेज ११ को मेजर अपडेट सन् २०२२ को अक्टोबरअघि नै उपलब्ध गराउने घोषणा गरेको छ । केही समय अघिमात्रै कम्पनीले विण्डाेज ११ को स्टेबल भर्सन प्रयोगकर्तालाई उपलब्ध गराएको थियो ।
तर, पनि ओएसमा अझै कमजोरी देखिएकाे छ । उक्त कमजोरीको समाधानसहित कम्पनीले आउँदो सन् २०२२ को अक्टोबरसम्ममा मेजर अपडेट उपलब्ध गराउने भएको हो ।
कम्पनीले विण्डाेज ११ इन्साइडर प्रिभ्यु ब्युल्ड २२५०९ नोट्समा मेजर अपडेटको विषयमा जानकारी दिएको हो । यसकाे अर्थ कम्पनीले आउँदो वर्ष हुने कम्पनीको वार्षिक कार्यक्रममार्फत प्रयोगकर्तालाई मेजर अपडेटसहित नयाँ भर्सन उपलब्ध गराउने छ ।