काठमाडौं । लोकप्रिय भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजी अब नेपालमा पनि उपलब्ध हुने भएको छ । आफ्नो नेपाली बजारमा प्रवर्द्धन र वितरण गर्न अल्ट बालाजीले टेलिनेट प्रालिसँग साझेदारी गरेको छ ।
डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवेजस्ता स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गरी प्रयोगकर्ताले घरमै बसेर आनन्द लिनसक्ने जनाइएकाे छ ।
अल्ट बालाजीमा रहेका रोमाञ्चक कार्यक्रम हेर्न चाहने नयाँ प्रयोगकर्ताका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन योभन्दा अगाडि धेरैको पहुँचमा थिएन ।
अब यसको माध्यमबाट प्रयोगकताले सिंगल प्लेटफर्ममा सबै ओरिजिनल, वेब सिरिज, चलचित्र र अन्य सामग्रीहरुमा निरन्तर पहुँच पाउनेछन् ।
प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोबााइल, ल्यापटप, स्मार्ट टिभी र एण्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँच वटासम्म प्रोफाइल बनाउन सक्नेछन् ।
साथै, नेपाली प्रयोगकर्ताहरुले यहाँ क्लिक गरी ई-सेवा, खल्ती, आइएमई पे, सेल पेजस्ता डिजिटल वालेट प्रयोग गरी सदस्यता लिन सक्नेछन् ।