टेकपाना
मंसिर २५, २०७८ २०:१०
काठमाडौं । इटालीको नियामक निकायले अमेरिकी कम्पनी अमेजनलाई एक अर्ब २० करोड अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको छ ।
अमेजनले आफ्नो बजार आधिपत्यको फाइदा उठाउँदै आफ्नै सेवाको मात्रै प्रवर्द्धन गरेको भन्दै इटालीको नियामक निकायले यस्तो निर्णय गरेको हाे ।
अमेजनले इटालीमा आफ्नो लजिस्टिक सेवाको मात्रै प्रवर्द्धन गरेको र यो बजार प्रतिस्पर्धाको नियम विपरीत भएको नियामक निकायकाे ठहर छ ।
अमेजनले भने यसप्रति असन्तुष्ट जनाउँदै निर्णयविरुद्ध पुनरावेदनमा जाने जनाएको छ ।
अमेजनले थर्ट पार्टी सेलरलाई आफ्नै लजिस्टिक सेवा प्रयोग गरे विभिन्न छुट र सहुलियतको प्रलोभन दिएको इटालीको नियामक निकायको ठहर छ ।
अमेजनले भने विज्ञप्ति जारी गर्दै आफूमाथि लाग्ने भनिएको जरिवाना अनुपयुक्त भएको टिप्पणी गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२