काठमाडौं । टेलिग्रामले ग्रुप तथा च्यानलका लागि कन्टेन्ट प्रोटेक्सन फिचर सञ्चालनमा ल्याएको छ । योसँगै ग्रुप तथा च्यानलमा आउने कन्टेन्टलाई सेभ तथा अन्य ग्रुपमा फरवार्ड गर्न नमिल्ने भएको छ ।
यसको अर्थ अब कुनै पनि कन्टेन्ट, जसले पहिलोपटक टेलिग्राममा शेयर गरेको हो, त्यसभन्दा बाहेक अन्य स्थानमा पठाउन सकिने छैन । यो फिचर प्रयोग गर्नका लागि ग्रुप तथा च्यानल प्रयोगकर्ताले ‘म्यासेज फरवार्डिङ’ फिचर अन गर्नुपर्ने हुन्छ ।
यसका साथै एन्ड्रोइड प्रयोगकर्ताको हकमा स्क्रिनशटसमेत लिन नमिल्ने बनाइएको छ । कम्पनीका अनुसार डेक्सटप तथा आईओएस प्रयोगकर्ताले भने स्क्रिनसटले भने काम गर्नेछन् ।
साथै कन्टेन्ट सेभ गर्ने विकल्प पनि बन्द गरिएको छ । प्रयोगकर्ताले कुनै ग्रुपमा आएको कन्टेन्ट सेभ गरेर मोबाइलको स्टोरमा राख्छु भन्दा अब पाउने छैनन् ।
यसका लागि प्रयोगकर्ताले ग्रुप च्यानलको इन्फोन पेजमा रहेको ग्रुप/च्यानल टाइपमा गएर ‘रेस्ट्रिक सेभिङ कन्टेन्ट’ अप्सनमा क्लिक गर्न सक्नेछन् ।