close

टेस्लाका उत्पादन किन्न डजक्वाइन भुक्तानी मान्य हुने

टेकपाना टेकपाना

मंसिर २९, २०७८ २२:६

टेस्लाका उत्पादन किन्न डजक्वाइन भुक्तानी मान्य हुने

काठमाडौं । टेस्लाले आफ्ना ग्राहकलाई क्रिप्टोकरेन्सी डजक्वाइन प्रयोग गरेर आफ्ना केही ब्राण्डेड उत्पादन किन्न अनुमति दिने घोषणा गरेको छ । टेस्लाका सीईओ एलोन मस्कले मंगलबार एक ट्वीट गर्दै यस्तो निर्णय सुनाएका हुन् ।

कम्पनीले आफ्ना ग्राहकलाई बिटक्वाइनमार्फत आफ्नो इलेक्ट्रिक कार खरिद गर्दा भुक्तानी गर्न अनुमति दिएको केही महिनापछि नै मस्कले डजक्वाइन प्रयोग गर्ने पनि बताएका हुन् ।

आफ्नो ट्वीटमार्फत मस्कले टेस्लाको व्यवसायको लागि डजक्वाइनको प्रयोग परीक्षण गर्ने बताएका छन् । विश्वबजारमा हाल डजक्वाइन रिटेल लगानीकर्तामाझ निकै चर्चित छ ।

मस्कको यो ट्वीटले डजक्वाइनको बजारमूल्य ट्वीट गरेको एक घण्टाभित्रै करिब २० प्रतिशतले बढेको थियो भने दिनभरीमा मात्र १५.२ प्रतिशतले बढेको थियो ।

यद्यपि टेस्लाका कुन कुन उत्पादनमा डजक्वाइन भुक्तानी लागू हुने छ भन्ने विषयमा भने आधिकारिक कुरा आउन बाँकी नै छ । टेस्लाको हाल विद्युतीय कारसँगै कपडा, खेलौना, मग लगायतका सामग्रीहरू पनि बजारमा उपलब्ध छन् ।

योभन्दा अगाडि पनि मस्कले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा डजक्वाइन कारोबारका लागि उत्कृष्ट रहेको धारणा व्यक्त गर्दै आएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२