close

कस्तो छ बीएससी (अनर्स) ईन आईटी कोर्ष ?

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १९:५३

कस्तो छ बीएससी (अनर्स) ईन आईटी कोर्ष ?

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएपछि अब विद्यार्थीहरू स्नातक तहको पढाइ प्रारम्भ गर्ने तयारीमा छन् । तर अधिकांश विद्यार्थी स्नातकमा कुन विषय पढ्ने, अनि कहाँ पढ्ने भनेर स्पस्ट हुन सकिरहेका छैनन् ।

अहिले विभिन्न विकल्पमध्ये सूचना प्रविधि (आईटी) कार्यक्रम पनि एक हो । नेपालमा पनि विभिन्न विश्वविद्यालयअन्तर्गत सयौं कलेजहरुमा आईटीका शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

यसै सन्दर्भमा आज हामी काठमाडौंको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सञ्चालन गरिरहेको आईटी कोर्ष ‘बीएससी (अनर्स) इन्फर्मेसन टेक्नाेलाेजी‘ बारे चर्चा गर्दैछौं ।

लर्ड बुद्धले यो शैक्षिक कार्यक्रम २०१५ देखि एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन, मलेसियाबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेको हो ।

विश्वव्यापी रुपमा सूचना र प्रविधिमा आधारित सीपको माग बढिरहेको सम्बन्धतमा त्यसलाई पुरा गर्ने उद्देश्यसहित यो कोर्ष डिजाइन गरिएको कलेजका संस्थापक एवं प्रिन्सिपल पंकज जालानले बताए ।

‘यो डिग्री व्यवसायिक आवश्यकता पुरा गर्न डिजाइन गरिएको कोर्ष हो । जसको एउटै उद्देश्य विद्यार्थीले राम्रो करिअर बनाउन सकुन् भन्ने हो,’ उनले भने ।

यो पाठ्यक्रमले विभिन्न शैक्षिक संस्था र व्यवसायिक पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रेरित गरेको जालानको भनाइ छ ।

याे काेर्षको अध्ययनले प्राविधिक सीपसँग सैद्धान्तिक ज्ञान संयोजन गर्ने बताउँदै उनले यसबाट आईसीटी प्रणालीको विकास र कार्यान्वयन पक्षबारे विद्यार्थी जानकार हुने बताए ।

तीन वर्षमा पुरा हुने यो कोर्ष पढ्न आठदेखि नौ लाखसम्म शुल्क लाग्छ । कलेजले यो कोर्षको अध्ययनसँगै ठूला आईटी कम्पनीहरूमा इन्टर्नशिप गराउने पनि जालानले बताए ।

यो कोर्ष पढ्न कुनै पनि विषयमा प्लस टु पास गरेको हुनुपर्छ । एसएलसी वा सो सरहको तहमा गणित विषयमा ५० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेको हुनुपर्छ ।

यो शैक्षिक कार्यक्रम अन्तर्गत दोस्रो वर्ष अर्थात चौथो सेमेस्टरबाट विद्यार्थीले इन्टर्नशिपको अवसर पाउँछन् । कलेजले आफ्ना विद्यार्थीलाई नेसनल आईसीटी स्कलरशिप, नेपाल चेम्बर बिजनेस स्कलरशिप, उद्यमी बिजनेस स्कलरशिप, ज्ञानदीप स्कलरशिप लगायत प्रदान गर्दै आएको छ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु पास गरेका अथवा सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीले छात्रवृत्ति पाउनसक्ने जालानले बताए ।

छात्राहरूको उपस्थिति बढाउन प्रोत्साहनका लागि प्रत्येक प्रदेशका एक छात्रालाई पूर्ण र अन्यलाई आंशिक गरी कूल ४९ जनालाई छात्रावृत्ति उपलब्ध गराएको पनि उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२