close

ब्याट्री टेस्टमा आईफोनलाई उछिन्दै ‘रियलमी जीटी नियो टु’ दोस्रो स्थानमा

टेकपाना टेकपाना

पुस ४, २०७८ १५:४०

ब्याट्री टेस्टमा आईफोनलाई उछिन्दै ‘रियलमी जीटी नियो टु’ दोस्रो स्थानमा

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीको ‘जीटी नियो टु’ स्मार्टफोन डीएक्सओ मार्क ब्याट्री टेस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ ।

जीटी नियो टुले ब्याट्री टेस्टमा आईफोन १३ प्रो म्याक्सलाई उछिन्दै यो स्थान हासिल गरेको हो ।

स्मार्टफोनका साथै अन्य विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने डीएक्सओ मार्क अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो ।

डीएक्सओ मार्कले गरेका तीनवटै परीक्षणमा जीटी नियो टु शीर्ष तीनभित्र परेकाे थियाे ।

यसअन्तर्गत रियलमीकाे याे स्मार्टफाेनले अटोनोमी क्याटेगाेरीमा पहिलाे, चार्जिङ क्याटेगाेरीमा शीर्ष तीन र इफिसियन्सी क्याटेगाेरीमा दुईमा पर्न सफल भएकाे हाे ।

यो सूचीमा ओप्पो रेनो सिक्स फाइभजी स्मार्टफोन पहिलो स्थानमा पर्न सफल भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२