close

गुहेश्वरी मर्चेन्ट पनि नेसनल पेमेन्ट स्वीच प्रणालीमा आवद्ध

टेकपाना टेकपाना

पुस ६, २०७८ १२:२५

गुहेश्वरी मर्चेन्ट पनि नेसनल पेमेन्ट स्वीच प्रणालीमा आवद्ध

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट-टु-पे तथा ई-म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआवद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्नसक्ने छन् ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन-रियल टाइम तथा ओपन एपीआईका मार्फत फाइनान्सले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले सदैव आफ्ना ग्राहकका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लेटफर्महरु प्रदान गर्दै आएको छ र नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले फाइनान्सका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ ।

हाल नेसनल पेमेन्ट स्वीचमा ३५ वटा बैंक/वित्तीय संस्था र तीन भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३८ वटा संस्था आवद्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२