close

विण्डोज ११ एक्टिभेट नभएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस २१, २०७८ १६:५८

विण्डोज ११ एक्टिभेट नभएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । यदि तपाईंले विण्डोजको एउटै कपी एकभन्दा बढी पीसीमा इन्स्टल गर्नुभयो भने एक्टिभेसन नहुन सक्छ । ‘प्रडक्ट की’ पहिले नै ‘माइक्रोसफ्ट सफ्टवेयर लाइसेन्स’ सर्तद्वारा अनुमतिभन्दा बढी पीसीमा प्रयोग गरिएको छ भने एक्टिभेसन हुँदैन ।

नयाँ थप पीसीहरू एक्टिभेट गर्न तपाईंले प्रत्येकका लागि नयाँ ‘प्रडक्ट की’ वा प्रत्यकका लागि विण्डोजको कपी लिनुपर्छ ।

आज हामी विण्डोज ११ कसरी एक्टिभेट गर्ने भन्नेबारे चर्चा गर्छौं । यसका लागि हामी म्यानुअल एक्टिभेसन फलो गर्छौं ।  

१. ‘कमाण्ड प्रोम्प्ट’ लाई  एड्मिनिस्ट्रेटरमा रन गर्नुहोस् ।

-स्टार्ट बटनमा गएर cmd सर्च गरेर एड्मिनिस्ट्रेटरमा रन गर्नुहोस् ।

No description available.

-केएमएस क्लाइन्ट की (KMS client Key) इन्स्टल गर्नुहोस् ।   

-“slmgr /ipk kmsclientkey” कमाण्डको प्रयोग गर्नुहोस् । kmsclientkey तपाईंको विण्डोजको करेसपन्डिङ्ग एक्टिभेसन की हो ।  

तल केही ‘विण्डाेज की ११ लाइसेन्स की’ दिइएको छ : 

Home: TX9XD-98N7V-6WMQ6-BX7FG-H8Q99

Home N: 3KHY7-WNT83-DGQKR-F7HPR-844BM

Home Single Language: 7HNRX-D7KGG-3K4RQ-4WPJ4-YTDFH

Home Country Specific: PVMJN-6DFY6-9CCP6-7BKTT-D3WVR

Professional: W269N-WFGWX-YVC9B-4J6C9-T83GX

Professional N: MH37W-N47XK-V7XM9-C7227-GCQG9

Education: NW6C2-QMPVW-D7KKK-3GKT6-VCFB2

Education N: 2WH4N-8QGBV-H22JP-CT43Q-MDWWJ

Enterprise: NPPR9-FWDCX-D2C8J-H872K-2YT43

Enterprise N: DPH2V-TTNVB-4X9Q3-TJR4H-KHJW4

२. केएमएस सर्भर सेट गर्नुहोस् ।

 slmgr /skms s8.uk.to कमाण्डको प्रयोग गरेर केएमएस सर्भर एक्टिभेट गर्नुहोस् ।

३. विण्डोज एक्टिभेट गर्नुहोस् ।

slmgr/ato कमाण्डले विण्डोज एक्टिभेट गर्नुहोस् । 

यदि तपाईंले 0x80070005 एरर देख्नुभयो भने, सर्भर बिजी छ भन्ने बुझिन्छ । तपाईं सफल नभएसम्म “ato” कमाण्ड पुन: प्रयास गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५