काठमाडौँ । प्रविधिले फड्को मारेसँगै हरेक कुरा डिजिटल भएको छ। हुँदा-हुँदा अब मोबाइलका विभिन्न कार्य मोबाइल नै नछोई गर्न सकिने भएको छ। आइफोनमा तपाईँले कुनै पनि बटन हातले नछोई टर्च बाल्न सक्नुहुन्छ।
भ्वाइस असिस्टेन्टले मोबाइल फोनका काम निकै सजिलाे बनाएको छ। तपाईँले आइफोनलाइ ‘हे सिरी लुमोस (Hey Siri, Lumos) भन्नु भयो भने टर्च आफैँ अन हुन्छ।
यो कमाण्ड ह्यारी पोटर फ्रान्चाइजीबाट प्रभावित छ।
त्यस्तै, टर्च अफ गर्नको लागि हे सिरी नक्स (Hey Siri, Nox) भनेपछि टर्च अफ हुन्छ।