काठमाडौं । फिचर फोनमा कुनै बेला विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।
नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत २,३९९ रुपैयाँदेखि ६,२९९ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ ।
कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ ।
त्यस्तै नेपाली बजारमा नाेकियाका ७,१९९ रूपैयाँदेखि १९,९९९ रूपैयाँसम्मका स्मार्टफाेन छन् ।
यसैबीच आज हामीले नेपाली बजारमा उपलब्ध नोकियाका स्मार्टफोनको पछिल्लो मूल्यसूची प्रस्तुत गरेका छौं ।
| Model | Price Rs. |
| Nokia C1 | 7,199/- |
| Nokia-C1 2E | 7,699/- |
| Nokia- C1 Plus | 8,399/- |
| Nokia C2 | 9,299/- |
| Nokia C20 (1/16 GB) | 9,999/- |
| Nokia C20 (2/32 GB) | 10,999/- |
| Nokia 1.4 (2/32 GB) | 12,899/- |
| Nokia 1.4 (3/64 GB) | 13,999/- |
| Nokia C30 (2/32 GB) | 12,999/- |
| Nokia G10 (4/64 GB) | 16,999/- |
| Nokia G20 (4/64GB) | 19,999/- |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
