close

फेसबुकमा तपाईंलाई ककसले गरे अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

टेकपाना टेकपाना

माघ १४, २०७८ २०:१८

फेसबुकमा तपाईंलाई ककसले गरे अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

काठमाडौं । फेसबुक निकै लोकप्रिय सामाजिक सञ्जाल हो ।  तपाईं हामी सबैले दैनिक जीवनमा यसको प्रयोग गर्दै आएका छौँ ।

यही एपबाट दुनियाँभरका मान्छेसँग साथी बन्न सक्छौँ । तपाईंलाई चित्त नबुझेको मान्छेलाई ब्लक वा अनफ्रेन्ड पनि गर्न सक्नुहुन्छ । अर्थात साथीको सूचीबाट कसैलाई हटाउन पनि सक्नुहुन्छ। 

तपाईंलाई पनि त्यस्तै कसैले अनफ्रेन्ड गरेको हुन सक्छ । फेसबुकले यो व्यक्तिले अनफ्रेन्ड गर्‍यो वा ब्लक गरेको छ भनेर कुनै नोटिफिकेसन भने दिँदैन ।  त्यसका लागि तपाईंले उक्त व्यक्तिको प्रोफाइल हेरेर साथी भए नभएको हेर्न भने सक्नुहुन्छ ।  

तर विभिन्न थर्ड -पार्टी एप वा एक्स्टेन्सनहरू उपलब्ध छन् । जसको सहयोगमा तपाईंले आफूलाई ककसले अनफ्रेन्ड गरे वा ब्लक गरे भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज यहाँ हामी त्यस्तै एप र एक्स्टेन्सनको विषयमा चर्चा गर्दैछौँ । 

‘हु डिलिटेड मि (Who Deleted Me), ‘हु अनफ्रेन्डेड मी’ (Who  Unfriended Me) लगायतका थुप्रै एपहरू छन् ।  आज हामी यहाँ चाहिँ ‘हु अन्फ्रेन्डेड मी’ (who  unfriended  me) एपको बारेमा चर्चा गर्दैछौँ ।  

एप मार्फत : 

 ‘हु अनफ्रेन्डेड मी (Who  Unfriended Me) नामक एपको सहयोगमा तपाईंले आफूलाई अनफ्रेन्ड गर्ने मान्छेको विषयमा थाहा पाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिल‍ा गुगल प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्नुहोस् ।  

एप डाउनलोड गरिसकेपछि तपाईंले एपमार्फत फेसबुक लग ईन गर्नुपर्ने हुन्छ । यसमा कसैले डिएक्टिभेट गरेको, ब्लक गरेको, अनफ्रेण्ड गरेको , रिएक्टिभेट गरेको र अनफ्रेन्ड गरेर पुन फ्रेन्ड बनेको सबै जानकारी पाउन सक्नुहुन्छ ।  

त्यति गरिसकेपछि एपले तपाईंको फेसबुक फ्रेन्ड्स लिस्ट हेर्छ ।  त्यसपछि कसैले अनफ्रेन्ड गरेमा वा ब्लक गरेमा उक्त व्यक्तिको प्रोफाइलसहितको  नोटिफिकेसन पनि दिन्छ।  

यो एपले इन्स्टल हुनु अघिको डेटा भने देखाउँदैन ।  एप इन्स्टल गरिसकेपछिको मात्र जानकारी दिन्छ ।  

एक्स्टेन्सन मार्फत : 

यसका लागि क्रोम, फायरफक्स र ओपेरा ब्राउजरमा वेब स्टोर बाट  ‘हु डिलिटेड मी’ (Who Deleted Me) एक्सटेन्सन एड गर्न सकिन्छ । यस बाहेक तपाईंले आईओएस वा एन्ड्रोइडमा सोझै एप डाउनलोड गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यसले पनि एक्सटेन्सन इनेबल गरेपछिको मात्र जानकारी दिन्छ ।  इनेबल गर्नुभन्दा अघिको जानकारी भने पाउन सकिँदैन ।  

एक्सटेन्सन इनेबल गरेपछि तपाईंले कसले अनफ्रेन्ड गर्‍यो, कसले डिएक्टिभेट गर्‍यो, तपाईंले कसलाई अनफ्रेन्ड गर्नुभयो आदि सहजै थाहा पाउन र हेर्न सक्नुहुन्छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२