काठमाडौं । प्ले स्टोरमा रहेका एपहरूको विषयमा विस्तृत जानकारीमा प्रयोगकर्तालाई पहुँच दिने वा नदिने भन्ने विषयमा गुगल दुबिधामा रहेको संकेत प्राप्त भइरहन्छ । एकातर्फ कम्पनीले एन्ड्रोइड ओएसका लागि आवश्यक न्यनतम मापदण्डको सूची थप गरिएको छ र एपहरूले प्रयोगकर्ताको डेटा एपहरूले कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा देखाउन डेटा सेफ्टी खण्डमा काम गरिरहेको छ ।
अर्कोतर्फ सूचीबाट ‘अपडेट अन’ लाई हटाइएको छ । जसको सहयोगमा प्रयोगकर्ताले कुनै निश्चित एपले अन्तिम पटक कहिले अपडेट प्राप्त गरेको रहेछ भन्ने कुरा थाहा पाउँदै आएका थिए ।
हुन त प्ले स्टोरको सूचीबाट गुगलले ‘अपडेट अन’ हटाएको यो नै पहिलो पटक भने होइन । कम्पनीले गत वर्षको नोभेम्बरमा केही प्रयोगकर्ताका लागि यसलाई हटाएको थियो ।
तर अनेकौँ आलोचना भएपछि छोटो समयमै कम्पनीले त्यसलाई फिर्ता ल्याएको थियो । गत वर्ष पछि हट्नु परे पनि कम्पनीले अहिले फेरि त्यसलाई हटाएको रिपोर्ट रेडिटबाट प्राप्त भएको छ ।
यस पटक पनि सबै प्रयोगकर्ता तथा एपमा नभई निश्चित प्रयोगकर्ता तथा एपमा यस किसिमको परिवर्तन देखिएको छ । एन्ड्रोइड पुलिसको रिपोर्टअनुसार ‘ह्वाट्स न्यु’ खण्ड देख्न सकिन्छ ।
जसमा पछिल्लो अपडेटसँगै आएको परिवर्तनलाई सूचीबद्ध गरिएको छ । यसका साथै कुनै कुनै एप तथा प्रयोगकर्ताको हकमा एप सम्बन्धी कुनै पनि जानकारी देखिँदैन ।
सम्भवतः यो परीक्षणको विषय अथवा बगको कारण हुनसक्छ । अर्कोतर्फ नाइनटुफाइभगुगलको रिपोर्टमा यस प्रकारको परिवर्तनले प्ले स्टोरको वेब भर्सनमा प्रभाव पारेको छैन । यो विषयमा गुगलको तर्फबाट स्पष्टीकरण प्राप्त हुन भने बाँकी छ ।