close

एक महिनामै प्रविधि क्षेत्रका १५ हजारले गुमाए रोजगारी 

टेकपाना टेकपाना

जेठ १७, २०७९ १०:४७

एक महिनामै प्रविधि क्षेत्रका १५ हजारले गुमाए रोजगारी 

काठमाडौं । विश्वभर प्रविधिमा काम गर्ने १५ हजार भन्दा बढिले चालु मे महिनामा जागिर गुमाएका छन् । सूक्ष्म रुपमा विश्व अर्थतन्त्रमा परेको असरका कारण विशेष गरि प्रविधिमा आधारित स्टार्टअप कम्पनीमा काम गर्ने १५ हजारले जागिर गुमाएका हुन् । 

जागिर गुमाउनेहरूको तथ्याङ्क संकलन गर्ने संस्था लेअफका अनुसार यही महिनामा प्रविधिमा काम गर्ने १५ हजार भन्दा बढीले जागिर गुमाएका छन् । संस्थाका अनुसार कोभिड–१९ सँगै हालसम्म सात सय १८ स्टार्टअप कम्पनीमा काम गर्ने १ लाख २५ हजारले विश्वव्यापी रुपमा जागिर गुमाइसकेका छन् । यो बिचमा स्टार्टअप कम्पनीहरूले धेरै खालको चुनौती खेप्नु परेको छ । मूल्य वृद्धि, आर्थिक मन्दी, रुस र युक्रेनमा जारी युद्धले पनि स्टार्टअप कम्पनीलाई धान्न असहज भएको छ । 

फेसबुक, ट्वीटर जस्ता ठूला प्रविधि कम्पनीले तत्कालका लागि नयाँ कर्मचारी थप नगर्ने बताइ सकेका छन् । स्न्यापच्याटले पनि नयाँ कर्मचारी नियुक्तिको दरलाई कम गर्ने उल्लेख गरेको छ । अर्कोतर्फ ई–कमर्स प्लेटफर्म भिटेक्सले १९३ कर्मचारीलाई बिदा गर्ने बताएको छ । पेपालले पनि अमेरिकामा रहेको आफ्नो कार्यलयमा कार्यरत कतिपय कर्मचारीलाई बिदाई गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४