close

अब टिकटक भिडियो बनाउनुको कारण खुलाउनुपर्ने

टेकपाना टेकपाना

पुस २४, २०७६ ९:२३

अब टिकटक भिडियो बनाउनुको कारण खुलाउनुपर्ने

चीनको भिडियो शेयरिङ एप टिकटकले आफ्नो कम्युनिटि गाइडलाइन अपडेट गरेको छ । टिकटकका सामग्री माथिको ह्याकरको पहुँच, राजनीतिक सामग्री जस्ता विषयमा पश्चिमा देश तथा मिडियाहरुबाट प्रश्न उठेपछि टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन नै तयार गरेको हो ।

उक्त कम्पनीले राजनीतिसँग जोडिएका केही पोस्टहरुलाई हटाएका कारण समेत आलोचना झेल्दै आइरहेको छ । नयाँ गाइडलाइनले थप विस्तृत तथा स्पष्टरुपमा उसको सामाग्रीका बारेमा बताउने कम्पनीको भनाई छ ।
ह्याकरहरुले टिकटकको सामाग्री तथा भिडियोहरुमा छेडछाड गर्नसक्ने जस्ता गम्भिर सुरक्षा मुद्दाहरु उठेपछि कम्पनीले यस्तो निर्देशिका ल्याएको हो ।

एउटा ब्लगपोस्टमा टिकटकले भनेको छ, ‘टिकटक सृजनात्मक अभिव्यक्तिमा आधारित एउटा समावेशी प्लेटफर्म हो ।’ उक्त ब्लगपोस्टमा अगाडी लेखिएको छ, ‘हाम्रो समुदाय विविध र विश्वव्यापी छ, हामीले एउटा वैधानिक अन्तरिक्रयाका लागि वातावरण सृजना गर्ने उदेश्य लिएका छौं ।’

उक्त संसोधनमा भनिएको छ, शैक्षिक, ऐतिहासिक, व्यंग्यात्मक, कलात्मक सामाग्रीलाई पहिचान गरेर एउटा वर्गमा राखिनेछ, आतंकवादी, खतरनाक समूह, गलत सूचना दिने तथा गलत समाचारलाई १० फरक क्याटेगोरीमा राखिने छ । सबै क्याटेगोरीमा सामाग्रीलाई पोस्ट गर्नु पछाडिको उचित कारणबारे सोधिनेछ र त्यो अनुचित लागे पोस्टलाई हटाइनेछ ।

टिकटकले कस्तो सामाग्रीलाई पोस्ट गर्ने र कस्तोलाई ब्लक गर्ने भन्ने विषयमा आलोचना झेल्दै आएको छ । टिकटकले बीबीसीको अनुसन्धानपछि आफ्नो भच्र्योल गिफ्ट नीति पनि परिवर्तन गरेको छ ।

अमेरिकी कंग्रेसमा चिनियाँ एप टिकटकले व्यापक आलोचनाको सामना गरिरहेको छ । कंग्रेसमा टिकटकको स्वामित्व ग्रहण गर्ने कम्पनी बाइटडान्सको चिनियाँ सरकारसँग सम्बन्धलाई लिएर शंकास्पद दृष्टिले हेरिने गरिएको छ ।

गत सेप्टेम्बरमा वेलायती पत्रिका द गार्जियनले टिकटक कम्पनीले चिनियाँ राजनीतिसँग सम्बन्ध राख्ने हरेक संवेदनशिल सामाग्रीलाई प्रतिबन्ध लगाएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । तर नयाँ निर्देशिका जारी भएपछि त्यस प्रकारका कुनै पनि सामग्रीमाथि सेन्सर नलगाइने टिकटकका प्रवक्ताले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०