close

अर्को ग्रहबाट आएको उल्कापिण्डमा वैज्ञानिकले भेट्टाए रहस्यमयी ‘हीरा’

टेकपाना टेकपाना

भदौ २९, २०७९ १२:२९

अर्को ग्रहबाट आएको उल्कापिण्डमा वैज्ञानिकले भेट्टाए रहस्यमयी ‘हीरा’

काठमाडौं । अनुसन्धानकर्ताले उत्तर-पश्चिम अफ्रिकामा झरेका चार ओटा उल्कापिण्डमा पृथ्वीमा प्राकृतिक रूपमा नभेटिने रहस्यमयी षड्भुजाकार हीरा (हेक्सागोनल डायमण्ड) फेला पारेका छन् । सामान्य हीराजस्तै देखिने हेक्सागोनल डायमण्ड कार्बनबाट बनेका हुन्छन् ।

तर, यस्ता डायमण्डका अणुहरू षड्कोण संरचनामा एकअर्कासँग जोडिएका हुन्छन् । जबकी अन्य हीरामा अणुहरू घनाकार (क्युविक आकार) संरचनामा जोडिएका हुन्छन् ।

लन्सडालेइट (lonsdaleite) नामले चिनिने यस्तो हीरा पहिलो पटक सन् १९६० को दशकमा अमेरिका र भारतमा भएको उल्कापिण्डमा पाइएको थियो । यद्यपि पहिले भेटिएका हीराको आकार आकारमा अहिलेका भन्दा केही साना थिए ।

ती हिरा यति साना थिए कि खोजकर्तालाई ती हीरा हेक्सागोनल डायमण्ड हुन् भनेर पुष्टी गर्नै मुस्किल परेको थियो । ठूलो क्रिस्टल पत्ता लगाउनका लागि सालेक र उनका साथीहरूले इलेक्ट्रोन माइक्रोस्कोपको सहायता लिएका थिए ।

१८ ओटा उल्कापिण्डमा विभिन्न उपकरणको सहायताले उनीहरूले ठूला क्रिस्टलको खोज सुरु गरेका थिए । उनीहरूले पत्ता लगाएका विभिन्न हेक्सागोनल डायमण्ड चार ओटा अफ्रिकन उल्कापिण्डमा भेटिएका हुन् ।

केही माइक्रो मिटर आकारका हेक्सागोनल डायमण्ड थिए भने केही पहिले पत्ता लगाएका क्रिस्टल डायमण्डभन्दा हजार गुणा ठूला थिए । वैज्ञानिकका अनुसार लन्सडालेइट ४.५ अर्ब वर्षअघि ड्वार्फ ग्रहसँग ठोक्किँदा तयार भएको हो ।

खोजकर्ताको प्रतिवेदनमा लन्सडालेइट उच्च ताप तथा मध्यम चापमा अवस्थित तरल पदार्थबाट उल्कापिण्डमा बनेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४