close

न्यु प्लाजा क्षेत्रका सबै अव्यवस्थित तार काटियो, इन्टरनेट सेवा प्रभावित

टेकपाना टेकपाना

असोज ६, २०७९ १८:१४

न्यु प्लाजा क्षेत्रका सबै अव्यवस्थित तार काटियो, इन्टरनेट सेवा प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन थालेको छ ।

बुधबार पुतलीसडकस्थित न्यु प्लाजा क्षेत्रमा अव्यवस्थित तारले आगलागी भएपछि महानगरले आज त्यहाँ भएका सम्पूर्ण तार काटेको छ ।

टेकपानासँग कुराकानी गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अव्यवस्थित तारका कारण आगलागी र अन्य जोखिम निम्तिएकाले तार हटाउन थालिएको जनाए ।

उनका अनुसार अहिले न्यु प्लाजा र ठमेल क्षेत्रका अव्यवस्थित तार हटाउने क्रम चलिरहेको छ ।

इन्टरनेटको तारलाई अन्डरग्राउन्ड (भूमिगत) गराउन विभिन्न निकाय र महानगरले निर्णय गर्नुपर्ने कुरामा उनले जोड दिए ।

यसैबीच अव्यवस्थित तार काटिएपछि न्यु प्लाजा क्षेत्रमा इन्टरनेट प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकले अहिले तार जडान गर्न काम गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १८:१४