close

नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने !

टेकपाना टेकपाना

असोज १३, २०७९ ११:७

नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने !

काठमाडौं । युरोपका ठूला दूरसञ्चार कम्पनी बीटी, भोडाफोन र ड्यूश लगायतले नेटफ्लिक्स, अमेजन जस्ता प्रविधि कम्पनीलाई डेटाको लागत शेयर गर्न आग्रह गरेका छन् । ग्लोबल स्ट्रिमिङ र इन्टरनेटको उच्च प्रयोगबाट उत्पन्न हुने डेटाको बढ्दो लागतमा नेटफ्लिक्स, अमेजन जस्ता प्रविधिको ठुलो हिस्सा रहेको भन्दै उनीहरूले पनि शुल्क व्यहोर्नु पर्ने टेलिकम कम्पनीहरूको माग छ । 

युरोपमा गुगल, फेसबुक, नेटफ्लिक्स र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीले विश्वव्यापी इन्टरनेट ट्राफिकको बढ्दो लागत तिर्नु पर्ने विषय निकै समय देखि चल्दै हो । हाल यो विषय युरोपेली कमिसन पुगेको छ । यसै बिच युरोपका १६ दूरसञ्चार सेवा प्रदायकका प्रमुख कार्यकारीहरूले उक्त आह्वान गरेका हुन् । 

युरोपियन टेलिकम्युनिकेसन्स नेटवर्क अपेरेटर(ईटीएनओ) का अनुसार विश्वमा हुने आधाभन्दा बढी इन्टरनेट ट्राफिक सिलिकन भ्यालीका ६ वटा प्रविधि कम्पनी गुगल, फेसबुक, नेटफ्लिक्स, एप्पल, अमेजन र माइक्रोसफ्टमा हुने गर्दछ । स्ट्रिमिङ गर्ने कम्पनीहरूले डेटाको उपयोगमा वृद्धि गर्ने गरेका छन् ।

टेलिकम प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सबैभन्दा धेरै ट्राफिक जेनरेट गर्नेहरूले युरोपेली नेटवर्कमा हुने ठूलो खर्चमा योगदान गर्नुपर्ने बताएका छन् । ‘युरोपेली टेलिकम कम्पनीहरूले पूर्ण-फाइबर ब्रोडब्यान्ड र फाइभजी नेटवर्कहरू निर्माण र मर्मत गर्न वार्षिक रूपमा ५० बिलियन खर्च गर्नुपर्छ ।’, विज्ञप्तिमा उल्लेख छ ।  

 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ ११:३०