close

टाइप–सी स्मार्टफोन चार्जरको मापदण्ड बन्दै

टेकपाना टेकपाना

माघ ५, २०७६ ९:५

टाइप–सी स्मार्टफोन चार्जरको मापदण्ड बन्दै

सन् २०२० यूएसबी टाइप-सीका लागि एउटा सफल वर्ष सावित हुने सक्नेछ । गुगलको पिक्सेल, एप्पलको आईप्याड जस्ता उत्पादनमा टाइप–सी पोर्ट प्रयोग भयो । त्यतिमात्रै नभएर कतिपय ल्यापटप निमार्ता कम्पनीले पनि टाइप–सी प्रयोगमा ल्याएका छन् ।

फ्ल्यागसिप स्मार्टफोनको एउटा मापदण्ड जस्तै बनेको टाइप–सी इन्ट्री सस्ता फोनमा भने खासै प्रयोगमा आउन सकेको छैन । ह्वावे, नोकिया जस्ता कम्पनीले इन्ट्री लेबलका फोन अझै पनि ‘माइक्रो–युएसबी’ पोर्ट नै प्रयोग गरेर विश्वि बजारमा आफ्नो उत्पादन पठाइरहेका छन् ।

यस्तोमा युरोपियन युनियन (ईयू) भने टाइप–सी पोर्ट लाई अनिवार्य गर्ने तयारीमा छ । चार्जरको एउटै मापदण्ड तय गर्न यस्तो निर्णय लिन लागिएको बताइएको छ ।

यसअघि ईयूले सन् २०१४ मै यस्तखाले मापदण्ड तय गरेको थियो । त्यसबेला ईयूले मोबाइल, ट्यावलेट, ई–बुक रिडर, ल्यापटप लगायत बोकेर हिड्न मिल्ने डिभाइसमा एउटै चार्जर हुनुपर्ने भनिएको थियो ।

उक्त निर्णय सोचअनुसार सफल नभएतापनि हाल आएर ईयुले पुनः टाइप–सीलाई अनिवार्य गर्न खोजेको छ । जसले चार्जरको स्ट्यान्डर्ड तय हुन सक्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१