close

अनलाइन मार्फत यसरी थाहा पाउनुहोस् देशभर कहाँ-कहाँ पर्दैछ पानी

टेकपाना टेकपाना

असोज २१, २०७९ १५:५९

अनलाइन मार्फत यसरी थाहा पाउनुहोस् देशभर कहाँ-कहाँ पर्दैछ पानी

काठमाडौं । केही दिन देखि लगातार परिरहेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । दशैंको बेला यात्रुहरूको धेरै आवतजावत हुने समयमा लगातार परेको पानीको कारण बाढी र पहिरोले धेरै ठाउँहरू प्रभावित भएका छन् ।

यस्तोमा यदि तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ अथवा देशभर कहाँ कहाँ पानी परिरहेको छ भन्ने बारे जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको अनलाइन विपद पोर्टलमार्फत पाउन सक्नुहुन्छ । 

यस पोर्टलमा रियल टाइम जानकारीहरू उपलब्ध गराइएको छ । हालको समयमा कुन कुन स्थानमा पानी पर्दैछ, कहाँ बाढी-पहिरो गएको छ, कहाँको बाटो अवरुद्ध भएको छ लगायतका रियल टाइम जानकारी यस पोर्टलमा हेर्न सकिन्छ । साथै हाल सम्म के कस्ता घटनाहरू कहाँ कहाँ घटे भन्ने जानकारी यस पोर्टल मार्फत प्राप्त गर्न सकिन्छ । 

यदि तपाईंको वरिपरी कुनै घटना घटेको छ भने विपद पोर्टल मार्फत नै रिपोर्ट पनि गर्न सकिन्छ । यसको लागि bipadportal.gov.np मा क्लिक गर्नुहोस् । यो सँगै प्राधिकरणले धेरै जोखिममा रहेको स्थान वरपरका स्थानीयलाई सचेत गराउन मोबाइलमा एसएमएस मार्फत पनि जानकारी गराइरहेको छ ।   

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १६:५