close

एन्ड्रोइड डिभाइसमा एसएमएस सेवा नदिने सिग्नलको घोषणा

टेकपाना टेकपाना

असोज २९, २०७९ १६:१९

एन्ड्रोइड डिभाइसमा एसएमएस सेवा नदिने सिग्नलको घोषणा

काठमाडौं । मेसेजिङ एप सिग्नलले एन्ड्रोइडमा एसएमएस सेवा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले यो निर्णयले सिग्नलको एसएमएस सेवालाई डिफल्ट रुपमा प्रयोग गरिरहेका प्रयोगकर्तालाई मात्र प्रभाव पार्ने पनि जानकारी दिएको छ ।

यो सेवा बन्द भएपछि पनि आफ्नो एसएमएस सुरक्षित गर्न चाहने प्रयोगकर्ताको हकमा भने आफ्नो एसएमएस सिग्नलबाट अर्को प्लेटफर्ममा सार्न मिल्ने कम्पनीले जनाएको छ ।

यद्यपि कम्पनी आफैंले पनि पुराना एसएमएसहरू स्वतः अर्को प्लेटफर्ममा सर्नेगरी काम गरिरहेको उल्लेख गरेको छ । यसका लागि कम्पनीले प्रयोगकर्तालाई नोटिफिकेसन पठाउने बताएको छ ।

सुरक्षा र गोपनीयताको हिसाबले एन्ड्रोइड मेसेजिङ एपहरूमध्ये सिग्नल एक लोकप्रिय एप हो । यसले प्रयोगकर्तालाई इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा उपलब्ध गराउँछ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ १६:१९