close

डेटा, भ्वाइस र एसएमएसमा नयाँ प्याक सहित टेलिकमले ल्यायो 'अटम अफर'

टेकपाना टेकपाना

असोज ३१, २०७९ १७:२०

डेटा, भ्वाइस र एसएमएसमा नयाँ प्याक सहित टेलिकमले ल्यायो 'अटम अफर'

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफरअन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिई अटम अफर ल्याएको टेलिकमले जनाएको छ ।

यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने बताइएको छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएको छ ।

सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेकाे टेलिकमकाे भनाइ छ ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415#  डायल गर्नुपर्ने छ । त्यस्तै कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटमार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १७:२०