काठमाडौं । एप्पलले नयाँ आईप्याड सार्वजनिक गरेको छ । फरक डिजाइनमा उपलब्ध हुने आईप्याडमा चौडा किनारा भएको १०.९ इन्च लिक्विड रेटिना डिस्प्ले छ । यसमा कम्पनीले लाइटनिङ पोर्टको सट्टा यूएसबी-सी पोर्ट समावेश गरेको छ ।
यसलाई विश्लेषकहरूले अब आउने नयाँ डिभाइसमा कम्पनीले यूएसबी-सी पोर्ट समावेश गर्ने सङ्केतका रूपमा हेरेका छन् । आईप्याडमा हेडफोन ज्याक र होम बटन पनि समावेश गरिएको छ । त्यस्तै पावर बटनमा टच आईडी रहेको छ ।
नयाँ आईप्याडमा एम २ चिप प्रयोग नगरी ए१४ बायोनिक चिप प्रयोग गरिएको छ । यही चिप आईफोन १२ सिरिजमा समेत प्रयोग हुँदै आएको छ ।
कम्पनीका अनुसार यो आइप्याडले सेभेन्थ जेनेरेसनको आईप्याडको तुलनामा तीन गुणा राम्रो पर्फमेन्स दिन्छ । दशौँ पुस्ताको यस आईप्याडमा १२ मेगापिक्सेल अल्ट्रावाइड फ्रन्ट क्यामेरा रहेको छ । जसमा फोरके सहितको १२ मेगापिक्सेल रियर क्यामेरा समावेश छ ।
त्यस्तै फ्रन्ट फेसिङ क्यामेरामा १२२ डिग्री फिल्ड भ्यु रहेको छ । एप्पलले यस डिभाइसमा डुअल (दुई ओटा) माइक्रोफोन र ल्याण्डस्केप स्टेरियो स्पिकर रहेको छ ।
एप्पलका अनुसार यस डिभाइसले फ्रस्ट जेन एप्पल पेन्सिल र नयाँ म्याजिक कीबोर्ड सपोर्ट सपोर्ट गर्छ । रिडिजाइन ६४ जीबी मोडेल आईप्याडको मूल्य ४४९ डलर (करिब ६५ हजार ४ सय ३५) पर्छ । पुरानो भर्सनको आईप्याडको मूल्य भने ३२९ डलर (४३ हजार १४२ रूपैयाँ) पर्छ ।