close

खेलकुद, मिडिया र प्रविधि क्षेत्रमा लगानी गर्न मेस्सीले खोले नयाँ कम्पनी

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १५:३६

खेलकुद, मिडिया र प्रविधि क्षेत्रमा लगानी गर्न मेस्सीले खोले नयाँ कम्पनी

काठमाडा‌ैं । चर्चित फुटबलर लियोनल मेस्सीले खेलकुद, मिडिया र प्रविधिमा लगानी गर्न होल्डिङ कम्पनी खाेलेका छन् । मुख्य कार्यालय सान फ्रान्सिस्कोमा रहनेगरी सिलिकन भ्यालीका रज्मिग होभाघिमियन र माइकल मार्केजसँगकाे साझेदारीमा मेस्सीले कम्पनी खाेलेका हुन् ।

विशेषगरी ‘फुटबल-टेक’ स्टार्टअप सुरु गर्ने उद्यमीहरुलाई सहयाेग गर्ने उद्देश्य रहेकाे नयाँ कम्पनीकाे नाम ‘प्ले टाइम’ राखिएकाे छ ।

उनकाे याे नयाँ कम्पनीमा सीईओकाे रुपमा रज्मिगले कार्य गर्नेछन् । उनी यसअघि ‘ग्राफ भेन्चर’ नामक भेन्चर क्यापिटल फर्म र ‘विकी’ नामक एक स्टार्टअप कम्पनीका सहसंस्थापक थिए ।

साथै माइकल मार्केज कम्पनीकाे प्रमुख सल्लाहकारका रुपमा रहनेछन् । उनी यसअघि काेड एड्भाइजर नाम रहेकाे इन्भेस्टमेन्ट बैंकका सहसंस्थापक थिए ।

मेस्सीकाे यस कम्पनीले ‘म्याचडे डटकम’ नाम रहेकाे स्टार्टअपलाई इन्क्युबेट गरिसकेकाे छ । याे एक स्टेल्थ-मोड गेम स्टुडियो हाे । यसलाई फुटबलकाे प्रशंसकहरूका लागि फिफा विश्वकप २०२२ अघि  नोभेम्बरमा सुरु गर्ने योजना रहेकाे बताइएकाे छ ।

मेस्सीले आफ्नाे नयाँ कम्पनी प्ले टाइममार्फत विश्वभरका उद्यमीहरूसँग सहकार्य गर्ने कुरामा उत्साही भएकाे लेखेका छन् । यद्यपि कम्पनीमा उनले कति लगानी गरे भन्ने कुरा भने खुलाएका छैनन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १५:३६